You are viewing the translated version of सूचना प्रविधिको प्रयोग.
Section 74
सूचना प्रविधिको प्रयोग
(१) अदालतले मुद्दा दर्ता लगायतका काम कारबाही र सुनुवाईमा सूचना प्रविधिको प्रयोग गर्न सक्नेछ। (२) अदालतले सक्कलै पेस गर्नु पर्ने बाहेकका अन्य कागजात अनलाइन वा अन्य विद्युतीय माध्यमबाट पेस गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सक्नेछ।
(३) उपनियम (२) बमोजिम विद्युतीय माध्यमबाट पेस भएका लिखतहरू अदालतले प्राप्त गरेमा सोको जनाउ विद्युतीय माध्यमबाट सम्बन्धित पक्षलाई दिने व्यवस्था मिलाउनु पर्नेछ।
(४) अदालतले आवश्यकता अनुसार कानून व्यवसायीको बहस, साक्षी, विशेषज्ञ वा सम्बन्धित पक्षसँग बुझ्नु पर्ने कुनै कुरा श्रव्यदृष्य संवादको माध्यमबाट बुझ्न सक्नेछ।
(५) यस नियम बमोजिम श्रव्यदृश्य माध्यमबाट गरिएको संवाद विद्युतीय माध्यममा सुरक्षित गरी संवादको हुबहु टिपोट गरी इजलासमा उपस्थित सदस्य बकपत्रमा संलग्न कर्मचारी र उपस्थित भएसम्मका पक्ष र निजका कानून व्यवसायीहरु समेतको सहिछाप गराई मिसिल:सामेल गर्नु पर्नेछ।